Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

माओवादी अध्यक्ष प्रचण्डले दिए महिला क्रिकेट टोलीलाई बधाई

माओवादी अध्यक्ष प्रचण्डले दिए महिला क्रिकेट टोलीलाई बधाई

  • 105
    SHARES
  • माओवादी अध्यक्ष प्रचण्डले दिए महिला क्रिकेट टोलीलाई बधाई

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त अरब एमिरेट्स (युएई)सँग आज भएको खेलमा ऐतिहासिक विजय हासिल गरेको नेपाली महिला क्रिकेट टोलीलाई बधाई ज्ञापन गरेका छन् ।

    उनले महिला क्रिकेट टोलीलाई जीतका अवसरमा हार्दिक बधाई ज्ञापन गर्दै निरन्तर प्रगतिको शुभकामनासमेत व्यक्त गरे ।

    आज साँझ सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले भनेका छन्, ‘क्रिकेटमा एकपछि अर्को सफलता हासिल गरिरहेको नेपाली टोलीलाई थप सफलता दिलाउन हामी सबैले सहयोग र प्रेरणा प्रदान गरौँ ।’

    आजको पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो । युएईले दिएको एक सय १६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पार गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij