Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

नरैनापुरमा इलाका प्रशासन कार्यालय २१ वर्षपछि पुनःस्थापना

नरैनापुरमा इलाका प्रशासन कार्यालय २१ वर्षपछि पुनःस्थापना

  • 198
    SHARES
  • नरैनापुरमा इलाका प्रशासन कार्यालय २१ वर्षपछि पुनःस्थापना

    बाँके । तत्कालीन सशस्त्र द्वन्द्वका कारण विस्थापित भएको बाँकेको दुर्गम क्षेत्र नरैनापुरमा इलाका प्रशासन कार्यालय २१ वर्षपछि पुनःस्थापना भएको छ ।

    गाउँपालिकामा इलाका प्रशासन कार्यालय स्थापना भएपछि स–साना प्रशासनिक कामका लागि ४५ किलोमिटर टाढा नेपालगञ्ज जानुपर्ने सो क्षेत्रका बासिन्दाको बाध्यता अन्त्य भएको हो ।

    लुम्बिनी प्रदेश सरकारका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कृष्णा केसीले इलाका प्रशासन कार्यालयको नरैनापुरमा उद्घाटन गरेसँगै कार्यालयले सेवा दिन सुरु गरिसकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिए ।

    उनका अनुसार २१ वर्षदेखि नेपालगञ्जस्थित जिल्ला प्रशासन कार्यालय परिसरबाट सञ्चालन हुँदै आएको सेवा अब स्थानीयस्तरबाट सुरु भएको छ । ‘इलाका प्रशासन स्थापना भएपछि विस्थापित नहुने गरी योजना बनाउन गृह प्रशासनसँग आग्रह गरेका छौँ, अब यो कार्यालय सधैँ यही सञ्चालन हुनेछ’, गाउँपालिकाका अध्यक्ष शाहले भने ।

    गृह मन्त्रालयसँगको लामो छलफलपछि दरबन्दी स्वीकृत भएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । दरबन्दी स्वीकृत भएसँगै गाउँपालिकाले कृषि शाखाको भवन उपलब्ध गराएपछि इलाका प्रशासन कार्यालय स्थानान्तरण गरिएको छ । सशस्त्र द्वन्द्वकालको समयमा शान्तिा, सुरक्षाको कारण देखाउँदै इलाका प्रशासन कार्यालय नरैनापुरलाई नेपालगञ्ज सारिएको थियो ।

    शान्ति सम्झौता भएको दुई दशक बितिसक्दा पनि उक्त कार्यालय यहाँ स्थानान्तरण हुन सकेको थिएन् । उक्त कार्यालयमा हाल प्रशासकीय अधिकृत माधव सिंहको नेतृत्वमा तीनजना नायब सुब्बा र एकजना कम्प्युटर अपरेटरसहित दुईजना कार्यालय सहयोगीलाई पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij