Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

भारतमा भेटियो ‘कप्पा’ भेरियन्ट 

भारतमा भेटियो ‘कप्पा’ भेरियन्ट 

  • 876
    SHARES
  • भारतमा भेटियो ‘कप्पा’ भेरियन्ट 

    नयाँ दिल्ली । भारतमा लगातार कोरोना भाइरसका नयाँ भेरियन्ट पत्ता लागिरहेका छन् । भारतमा डेल्टा भेरियन्टको बढ्दो संक्रमणकाबीच ‘कप्पा’ भेरियन्ट पनि पत्ता लागेको छ ।

    कप्पा भेरियन्ट भारतको राजस्तान र उत्तर प्रदेशमा भेटिएको हो । कप्पा पनि डेल्टा जस्तै डबल म्युटेन्ट भेरियन्ट हो । राजस्थानको राजधानी जयपुरको एसएमएस मेडिकल कलेज दिल्लीको एक ल्याव र पुणेको नेसनल इन्स्टिट्युट अफ वायोलोजीमा जीनोम स्विकेन्सिङ (भेरियन्ट पहिचान) को लागि कोरोना संक्रमितको नमुना पठाइएको थियो । दोस्रो लहरमा १७४ नमुना पठाइएको यियो । जसमध्ये १६६ नमुनामा डेल्टा र ५ वटा नमुनामा कप्पा भेरियन्ट भेटिएको थियो । 

    त्यसैगरि उत्तर प्रदेशको राजधानी लखनउको किङ जर्ज मेडिकल कलेजमा १०९ स्याम्पलमा जीनोम स्विकेन्सिङ गर्दा १०७ मा डेल्टा प्लस र बाँकी दुई स्याम्पलमा कप्पा भेरियन्ट भेटिएको हो । भारतमा लगातार डेल्टा, डेल्टा प्लस, लैम्ब्डापछि कप्पा भेरियन्ट भेटिएपछि यसप्रति सबैको चिन्ता, चासो बढेको छ ।  

    के हो कप्पा भेरियन्ट ?

    कप्पा भेरियन्ट कोरोना भाइरसको डबल म्युटेन्ट स्वरुप हो । यसलाई बि. १.६१७.१ नामले चिनिन्छ । भाइरसको डबल म्युटेसनलाई वैज्ञानिक नाम इ४८४क्यू र एल४५३आर ले पनि चिनिन्छ । 

    कप्पा भेरियन्ट कोरोना भाइरसको नयाँ भेरियन्ट होइन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) काअनुसार कप्पा भेरियन्ट भारतमा पहिलो पटक अक्टुबर २०२० मा पहिचान भएको थियो । कप्पासँगै डेल्टा भेरियन्टपनि पहिलो पटक भारतमा पुष्टि भएको थियो । डब्लुएचओले ४ अप्रिल २०२१ मा उक्त भेरियन्टलाई ‘भेरियन्ट अफ इन्टरेस्ट’ घोषणा गरेको थियो ।

    कप्पा भेरियन्ट कति जोखिमपूर्ण छ ?

    कप्पा भेरियन्टलाई डब्लुएचओले ‘भेरियन्ट अफ कन्सर्नको सट्टा भेरियन्ट अफ इन्टरेस्ट’ घोषणा गरेको छ । डब्लुएचओको परिभाषाअनुसार कोरोना भाइरसको ‘भेरियन्ट अफ इन्टरेस्ट ’ त्यस्तो भेरियन्ट हो, जसको जेनेटिक परिवर्तनबारे पहिले नै पुष्टि भइसकेको हुन्छ । अर्थात भाइरसमा परिवर्तन हुनु स्वभाविक नै हो । यसको सहायताले भाइरसको फैलिने क्षमता,  यसबाट पर्ने गम्भिर असर, व्यक्तिको रोगप्रतिरोध क्षमतामा पार्ने प्रभाव तथा यसको उपचार र औषधिको बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । 

    डब्लुएचओको वेभसाइटकाअनुसार कप्पा भेरियन्ट विश्वका धेरै देशमा कम्युनिटी ट्रान्ससिन वा कोरोना केसमा क्लस्टर गराउन जिम्मेवार हुनसक्छ । उत्तर प्रदेशका एडिसनल चीफ सेक्रेटरी ९हेल्थ० अमितमोहन प्रसादकाअनुसार कोरोना भाइरसको कप्पा भेरियन्टको उपचार सम्भव छ । उनले यसबारे धेरै चिन्ता लिनु आवश्यक नरहेको तर जनस्वास्थ्यका मापदण्ड गम्भिर रुपमा पालना गर्न जरुरी रहेको जनाएका छन् । 

    कसरी बच्ने ?

    कोरोना भाइरसका अन्य भेरियन्ट जस्तै कप्पाबाट बच्न पनि नियमित मास्कको प्रयोग, सामाजिक दुरी, हातको सरसफाई तथा शारीरिक सरसफाईमा विशेष ध्यान दिनुपर्छ । जरुरी काम नभई घरबाहिर निस्कनु हुँदैन । सरकारले सर्वसाधारणलाई निःशुल्क कोरोना भाइरसविरुद्धको खोप लगाइरहेको छ । भाइरसविरुद्धको खोप लगाउने मौका प्राप्तभए खोपको दुबै डोज लगाउनुपर्छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij