वेबटिभी खबर
काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास छाडेर बालकोटस्थित आफ्नो निवास फर्किएका छन् ।
सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापनाको निर्णय गर्दै प्रधानमन्त्रीमा कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएको थियो ।
अदालतको आदेशबमोजिम देउवाले मंगलबार प्रधानमन्त्रीको पदभार ग्रहण गर्दै सपथसमेत खाइसकेका छन् ।
ओलीले सरकारी निवास छाडेर बालकोट जाँदा पार्टी निकट युवा संघ र समर्थकले नाराजुलुस गरेर लगेका थिए । ओली फर्कंदा बाटो जाम नै भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij