वेबटिभी खबर
बाग्मती । सौर्य एयरको विमान दुर्घटनामा परी १८ जनाको निधन भएकोप्रति बाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले शोक व्यक्त गरेका छन् ।
आज शोक विज्ञप्ति जारी गर्दै उनले विमान दुर्घटनामा परी निधन भएकाप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका हुन् ।
आज बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको त्रिभुवन अन्तर्राष्ट्रिय विमान विमानस्थल क्षेत्रमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।
उक्त विमानका पाइलट मनिष शाक्य गम्भीर घाइते भएका हुन् । उनको हाल काठमाडौंको सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij