Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

भारी वर्षाले मुम्बईको हवाई उडान प्रभावित

भारी वर्षाले मुम्बईको हवाई उडान प्रभावित

  • श्रावण १०, २०८१ बिहिवार १७:५६ बजे
  • 103
    SHARES
  • भारी वर्षाले मुम्बईको हवाई उडान प्रभावित

    नयाँ दिल्ली । मुम्बईमा परेको भारी वर्षाका कारणले एयर इन्डियाका उडान प्रभावित भएका छन् । मौसमी समस्याका कारण केही उडानहरू रद्द भएका छन् भने केही उडानहरू अन्यत्र मोडिएकोे जनाइएको छ ।

    उडान प्रभावित भएपछि बिहीबारको लागि गरिएको बुकिङ फिर्ता गरेको एयर इन्डियाले जनाएको छ ।  

    यसै सन्दर्भमा एयरलाइन्सले एउटा लिंक सार्वजनिक गर्दै यात्रुहरूलाई एयरपोर्ट जानुअघि उडानको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ । यात्रुहरूको जानकारीका लागि एयरलाइन्सले समाजिक सञ्जाल एक्समार्फत् जानकारी सार्वजनिक गरेको छ । 

    एयरलाइन्सले भारी वर्षाले उडानमा सम्भावित अवरोधको चेतावनी दिदै मुम्बई आउने र जाने उडानहरू प्रभावित हुन सक्ने जनाएको छ ।

    बुधबार वर्षाको कारण मुम्बई जलमग्न भएपछि सवारी आवागमन बन्द गरिएको रिपोर्ट गरिएको छ । यसका कारण सार्वजनिक यातायातमा बाधा पुग्दा अनगिन्ती यात्रुहरू असुविधामा पारेको जनाइएको छ । 

    बृहन्मुम्बई नगरीय मौसम पूर्वानुमान कार्यालयले मुम्बईको सहर तथा नगरमा मध्यमदेखि भारी वर्षाको चेतावनी दिएको छ भने बाँकी स्थानमा भारी वर्षा हुने जनाएको छ । 

    मुम्बईका पानी आपूर्ति  केन्द्रमा भारी वर्षाले भण्डारण वृद्धि भएकाले हाल विहार, तुलसी, तानसा र मोदकसागरलगायतका जलाशय भरिएका छन् । यस अवस्थालाई मध्यनजर गर्दै मुम्बईको पानी आपूर्तिमा १० प्रतिशत कटौती गरिएको छ । 

    भारतीय मौसम विभागले बिहीबार महाराष्ट्रका लागि ‘रेड अलर्ट’ चेतावनी जारी गर्दै भारी वर्षाको पूर्वानुमान गरेको छ ।

    महाराष्ट्रमा जुलाई २६–२७ सम्म भारी (११५ देखि २०४ मिलिमिटर) वर्षा हुने चेतावनी दिइएको छ । यसैगरी महाराष्ट्रको कोङ्ण क्षेत्रका ठाणे, पालघर, रायगढ, रत्नागिरी र सिन्धुदुर्ग जिल्लामा पनि बर्षाजन्य जोखिमको चेतावनी जारी गरिएको छ । 

  • सम्बन्धित विषय:

  • # भारी वर्षा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij