वेबटिभी खबर
इस्लामाबाद । मलाला युसुफजाई विरुद्धको वृत्तचित्र पाकिस्तानका निजी विद्यालयमा पढ्ने २ लाख बालबालिकालाई देखाइएको छ ।
निजी विद्यालयको संगठन अल पाकिस्तान प्राइभेट स्कुल्स फेडरेसनले एन्टी मलाला वृत्तचित्रमा इस्लाम धर्मले अस्वीकार गर्ने लिभ इन रिलेसनसिप बारे बनाइएको छ । उक्त संगठनका अध्यक्ष काशिफ मिर्जाले देशका २ लाख निजी विद्यालयमा मलालाको वास्तविकता भन्दै उक्त वृत्तचित्र प्रदर्शन गरिएको बताए ।
वृत्तचित्रको माध्यामबाट २ करोड छात्रालाई मलालाको एजेन्डा बारे जानकारी गराउने योजना रहेको पनि मिर्जाले बताए ।
मलाला युसुफजाई कट्टरपन्थीविरुद्ध आवाज उठाउँदै आएकी अभियन्ता हुन् । उनले बालबालिकामाथि हुने दमन र उनीहरुको हक अधिकारका लागि अभियान चलाएकी छन् । मलालालाई सन् २०१४ मा १७ वर्षको उमेर नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।
काशिफ मिर्जाले मलालाको किताब आई एम मलाला निकै विवादास्पद रहेको, इस्लाम विचारधाराको सम्मान नगर्ने, पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्ना र पाकिस्तानी सेनाविरोधी रहेको बताएका छन् । यो किताब मलालाले पश्चिमी शक्तिको इशालामा लेखेको पनि उनको दाबी छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij