Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

सहकारीका विषयमा समितिले लियो राजनीतिक दलहरूसँग मौखिक तथा लिखित सुझाव

सहकारीका विषयमा समितिले लियो राजनीतिक दलहरूसँग मौखिक तथा लिखित सुझाव

  • 177
    SHARES
  • सहकारीका विषयमा समितिले लियो राजनीतिक दलहरूसँग मौखिक तथा लिखित सुझाव

    काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी क्षेत्रका विषयमा बिभिन्न राजनीतिक दलहरूसँग मौखिक तथा लिखित सुझाव लिएको छ ।

    आइतबार सिंहदरबारमा बसेको समिति बैठकमा एमाले लगायत अन्य दलले सहकारी समस्याको स्थितिको बारेमा त्यसको समाधानका उपायका बारेमा मौखिक तथा लिखित सुझाव दिएको सभापति भापति सूर्य थापाले जानकारी दिए ।

    उनले भने,‘अहिलेको सहकारी समस्याको स्थितिको बारेमा त्यसको समाधानका उपायका बारेमा संसदले हामीलाई प्रदान गरेको कार्यदेशमा आधारित भएर सुझाव दिन लिखितद्धारा पत्रचार गरेका थियौं । आज एमालेको तर्फबाट प्रदीप ज्ञवालीले बैठकमा लिखित रुपमा सुझाव हस्तानतरण गर्नुभएको छ । अन्य केही दलले पनि मौखिक तथा लिखित सुझाव दिनुभएको छ ।’

    उनले आजै चाटर्ड एकाउन्टेन्टसम्बन्धी संस्थाका प्रतिनिधिसँग छलफल गरेको पनि उनले जानकारी दिए । सुझावका आधारमा सहकारी संस्था बचत रकम दुरुपयोगका सम्बन्धमा अध्ययन गर्न सहज हुने उनको विश्वास छ ।  

  • सम्बन्धित विषय:

  • # सहकारी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij