Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

अपहरणमा परेको २४ वर्षपछि परिवारसँग भेट 

अपहरणमा परेको २४ वर्षपछि परिवारसँग भेट 

  • 514
    SHARES
  • अपहरणमा परेको २४ वर्षपछि परिवारसँग भेट 

    सान्डाेङ । चीनको सान्डाेङ प्रान्तमा २४ वर्षअगाडि अपहरणमा परेका एक युवकले आफ्ना बुबाआमालाई पहिलोपटक भेटेका छन् । सन् १९९७ मा ती युवक अपहरणमा पर्दा केवल २ वर्षका थिए । अहिले प्रहरीको सहयोगले उनको खोजी गरिएको हो । उनी २६ वर्षका भइसकेका छन् । छोरालाई देखेपछि बुवाआमा दुवैले अँगालो हालेर खुब रोएको तस्बिरहरु सञ्चारमाध्याममा छाएका छन् । 

    images

    ग्लोबल टाइम्सको रिपोर्टअनुसार उनका बुबा गुओ गङ्गताङका लागि यो निकै खुशी बनाउने क्षण थियो । उनले अपहरणमा परेका आफ्ना छोरालाई २० राज्यमा खोजेका थिए । जहाँ उनी भेटिने सम्भावना हुन्छ, त्यहीँ गुओ मोटसाइकलमा पुग्थे । छोराको खोजीकै क्रममा गुओले उक्त अवधिसम्म ५ लाख किलोमिटर यात्रा गरिसकेका छन् भने १० वटा मोटरसाइकल बिगारेका छन् । कतिपटक उनी दुर्घटनामा पनि परे । छाेरालाई खाेज्दा उनले सबै सम्पत्ति पनि सके । 

    छोराको खोजीमा निस्केका गुओको घटना चीनमा निकै चर्चित थियो । यसैमा आधारित रहेर सन् २०१५ मा लास्ट एन्ड लभ फिल्म पनि बनाइएको थियो । 

    चीनमा अपहरणमा परेका वा परिवारबाट बिछोडिएका व्यक्तिको खोजीमा प्रहरीले यस वर्ष ठूलो संख्यामा एक अभियान चलाएको थियो । यसका लागि परिवारको डिएनए परीक्षणबाट प्रहरीले हराएका व्यक्तिको खोजी गथ्र्यो । गुओको छोरा पनि यही प्रक्रियाबाट फेला परेका छन् ।  

    ती युवकको अपहरण गरेको आरोपमा एक महिला र उनकी साथीलाई प्रहरीले पक्राउ पनि गरेको छ । २ वर्षको उमेरमा ती युवकलाई अपहरण गरेर हेनान प्रान्तमा बेचिएको थियो । चीनमा बाल तस्करी ठूलो समस्याको रुपमा छ । सन् २०१५ मा अनुमान गरेअनुसार प्रत्येक वर्ष २० हजार बालबालिका अपहरण गरेर देशबाहिर बेचिने गरेको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology