Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

सार्वजनिक सवारी साधनकाे भाडा बढ्यो

सार्वजनिक सवारी साधनकाे भाडा बढ्यो

  • 628
    SHARES
  • सार्वजनिक सवारी साधनकाे भाडा बढ्यो

    काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा २८ प्रतिशतसम्म वृद्धि गरेको छ । 

    दुई वा दुईभन्दा बढी प्रदेशमा चल्ने लामो दूरीको सवारी साधनमा भाडा बढाइएको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले बताए । यात्रुबाहक सवारी साधनको भाडा २८ प्रतिशत, तराईमा चल्ने सवारी साधनमा २० प्रतिशत र पहाडमा चल्ने मालबाहक सवारी साधनमा २६ प्रतिशत भाडा बढाइएको हो । 

    पेट्रोलियम पदार्थको मूल्य वृद्धि, चालक, सहचालकको खर्च र सवारी साधनमा हुने मर्मतलगायत अरु किसिमका खर्चका आधारमा भाडा बढाइएको प्रवक्ता डा भुसालले बताए ।

    विसं २०७२ यता भाडादर नबढाइएकाले अहिले बढाइएको उनले बताए । उनले भने, ‘सवारी साधनमा सबै कुरामा मूल्यवृद्धि भइरहेकै आधारमा भाडा बढाइएको हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij