Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

युवालाई व्यवसायतिर जोड्ने उद्देश्यले बझाङको तलकोटमा बाख्रा प्रवद्र्धन कार्यक्रम 

युवालाई व्यवसायतिर जोड्ने उद्देश्यले बझाङको तलकोटमा बाख्रा प्रवद्र्धन कार्यक्रम 

  • 739
    SHARES
  • युवालाई व्यवसायतिर जोड्ने उद्देश्यले बझाङको तलकोटमा बाख्रा प्रवद्र्धन कार्यक्रम 

    बझाङ । सुदूरपश्चिम प्रदेश सरकारअद्दतगृत मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी कार्यक्रमअन्तर्गत बाख्रा व्यवसाय प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ । युवालाई व्यवसायतिर जोड्ने उद्देश्यले तलकोट गाउँपालिका–६ बडिगाउँलाई छनोट गरेपछि स्थानीयवासी बाख्रापालन व्यवसायतर्फ सक्रिय भएका छन् । 
       
    कार्यक्रमअन्तर्गत बाख्रा राख्ने दुई व्यावसायिक खोर, दुई नमूना खोर, खोर सुधार, ४५ परिवारलाई बाख्रा र बोका सहयोग गरिएको छ । तलकोट–६ का प्रेमबहादुर धामीले सहयोग पाएपछि आफू बाख्रा व्यवसायमा लागेको र अहिले ३० भन्दा बढी बाख्रा नमूना खोरमा पाली आगामी दिनमा व्यवसायलाई थप बढाइने बताए । 

    images

    विगतमा बडिगाउँका किसानले बाख्रा पालन गरे पनि गुजारामुखी मात्रै भएकाले हाल सोही व्यवसायमा लागेका किसानलाई स्वरोजगारतर्फ जोड्ने उद्देश्यले बडिगाउँलाई छनोट गरिएको गाउँपालिकाका अध्यक्ष लालबहादुर विष्टले बताए । 
     
      

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology