Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

संविधान जोगाउन दलहरूबीच सहकार्यको खाँचो छ : अध्यक्ष नेपाल

संविधान जोगाउन दलहरूबीच सहकार्यको खाँचो छ : अध्यक्ष नेपाल

  • 127
    SHARES
  • संविधान जोगाउन दलहरूबीच सहकार्यको खाँचो छ : अध्यक्ष नेपाल

    काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

    नेकपा समाजवादी काठमाडौं महानगर कमिटीद्वारा कामपा-१८ नरदेवीमा आइतबार अयोजित कार्यक्रममा उनले लोकतन्त्र,संविधानको रक्षा  एवं राजनीतिक संकटका समाधानमा आफ्नो पार्टीले समन्वयकारी नेतृत्व लिँदै आएको बताए ।

    उनले भने, “आगामी दिनमा पार्टीलाई आत्मविश्वासका साथ जनताको सेवामा थप सशक्त र केन्द्रित गर्नुपर्छ ।  आर्थिक समृद्धि र सुशासन कायम गर्नु नै अहिलेको प्रमुख चुनौती हो । लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने कुनै प्रकारको षड्यन्त्र सह्य हुँदैन । वामपन्थी र प्रगतिशील शक्तिबीच एकताको खाँचो  छ ।”

    पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले संविधान र गणतन्त्रको रक्षाका लागि सबै दलहरूबीचको समन्वय र सहकायलाई बलियो बनाउनुपर्ने बताए । सो अवसरमा अध्यक्ष नेपालले आफ्नो पार्टीमा प्रवेश गरेकालाई स्वागतसमेत गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij