काठमाडौं । हिंसात्मक प्रदर्शन चर्किएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले मुलुक छाडेकी छिन् । उनी हेलिकप्टरमा भारततर्फ उडेको बीबीसीले जनाएको छ ।
प्रदर्शनकारी प्रधानमन्त्री निवासमै पुगेका छन् । हसिना मुलुक छाडेर भागेसँगै प्रदर्शनकारी विजयीभावमा उत्सव मनाइरहेका छन् । केहीदिन अलि शान्त भएको सरकारविरोधी आन्दोलन आइतबारदेखि बंगलादेशमा पुनः चर्किएको थियो । बंगलादेशका विभिन्न ठाउँमा सरकारविरोधी प्रदर्शनका हुँदा आइतबार मात्र कम्तीमा ९६ जनाको मृत्यु भएको थियो । प्रदर्शनका क्रममा ठाउँठाउँमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सोमबार चार लाख मानिस सडकमा उत्रिएका छन् । गाउँगाउँबाट राजधानी ढाकामा प्रदर्शनकारी आएका थिए । आज झडपका क्रममा ६ जनाको मृत्यु भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij