वेबटिभी खबर
तनहुँ । शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा दश शय्याको डेंगु वार्ड स्थापना भएको छ ।
अस्पतालमा डेंगु संक्रमणका बिरामीको संख्या बढेसँगै छुट्टै वार्ड स्थापना गरिएको अस्पतालका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए ।
अघिल्लो वर्ष यहाँ महामारीका रूपमा डेंगु फैलिएको थियो । हालसम्म अस्पतालमा तीन सय ८५ जनामा डेंगु परीक्षण गरिएकामा ९६ जनामा संक्रमण पुष्टि भएको उनले बताए । डेङ्गी पुष्टि भएकामध्ये २४ जना उपचारपश्चात् घर फर्किएका छन् ।
यसैबीच दमौली अस्पतालमा पनि डेंगु परीक्षणका लागि आउने बिरामीको सङ्ख्या बढेको छ । अस्पतालका प्रमुख डा.परिर्वतन बरालका अनुसार दुई सय २३ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएकामा २५ जनामा संक्रमण पुष्टि भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij