Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

जर्ज डब्ल्यु बुस बोलेः अफगानिस्तानबाट सेना फर्काउनु अमेरिकाकाे गल्ती

जर्ज डब्ल्यु बुस बोलेः अफगानिस्तानबाट सेना फर्काउनु अमेरिकाकाे गल्ती

  • 527
    SHARES
  • जर्ज डब्ल्यु बुस बोलेः अफगानिस्तानबाट सेना फर्काउनु अमेरिकाकाे गल्ती

    वाशिंटन । पूर्वअमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसले अफगानिस्तानबाट उत्तर एटलान्टिक सन्धि संगठन ‘नेटो’ सैनिक फिर्ता लिने निर्णय गलत भएको बताएका छन् । 

    images

    उनले यस गलत निर्णयका कारण तालिवान समूहले निर्दोष नागरिकको थप ‘हत्या’ हुनसक्ने बताएका छन् । ‘मेरो जानकारी अनुसार अहिले पनि अफगानी महिला र केटीहरूले अकथनीय हानी भोगिरहेका छन् । उक्त समूहले निर्दोष नागरिकहरूलाई हत्या गर्ने क्रमजारी रहनेछ,’ बुसले जर्मन प्रसारक ड्युसे भेलेलाई भने ।

    उनले भने, ‘मेरो विचारमा सेना फिर्ता गर्ने अमेरिकी निर्णय एक गल्ती थियो ।’ बुसले राष्ट्रपति जो बाइडेनले लिएको अमेरिकी नीतिको आलोचना पनि गर्दै अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लिने निर्णयकाे नतिजा अविश्वसनीय रूपमा नराम्रो हुने बताए । 

    पूर्व रिपब्लिकन राष्ट्रपति बुसले सेप्टेम्बर ११ मा न्यूयोर्कको विश्व व्यापार केन्द्रमा आक्रमण गरेपछि २००१ मा अफगानिस्तानमा सेना परिचालन गर्ने निर्णय गरेका थिए । जर्मन चान्सलर एन्जेला मर्केलले पनि सेना फिर्ताबारे बुसको जस्तै विचार राखेकी छन् । 

    अमेरिक राष्ट्रपति जो बाइडेनले यसै वर्षको अगस्ट ३१ सम्ममा सेना फिर्ता प्रक्रियालाई अन्त्य गर्ने घोषणा गरिसकेका छन् । तालिबान र अमेरिकाबीच भएको सम्झौताअनुसार अफगानिस्तानमा रहेका अमेरिकी र नेटो सैनिकहरु सेप्टेम्बरसम्म फर्किइसक्नुपर्नेछ । 

    अफगानिस्तानबाट ९० प्रतिशत विदेशी सेना फर्किए  अफगानिस्तानबाट ९० प्रतिशत विदेशी सेना फर्किए  तालिबानले अफगानिस्तानको कन्दहार जिल्ला नियन्त्रणमा लियो तालिबानले अफगानिस्तानको कन्दहार जिल्ला नियन्त्रणमा लियो अफगानिस्तानमा गृह युद्धको खतरा बढ्यो अफगानिस्तानमा गृह युद्धको खतरा बढ्यो विदेशी सेना फिर्ता हुन थालेपछि तालिबानकाे कब्जामा अफगानिस्तानका जिल्ला विदेशी सेना फिर्ता हुन थालेपछि तालिबानकाे कब्जामा अफगानिस्तानका जिल्ला

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology