Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

अफगानिस्तानलाई चीनले सहयोग गर्ने 

अफगानिस्तानलाई चीनले सहयोग गर्ने 

  • 457
    SHARES
  • अफगानिस्तानलाई चीनले सहयोग गर्ने 

    बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले अफगानिस्तानलाई कोभिड १९ को महामारीका विरुद्धमा सहयोग गर्ने बताएका छन् । अफगानिस्तानलाई चीनले यसअघिदेखि नै कोभिड महामारीका विरुद्धमा सहयोग पुर्याउँदै आएको र आगामी दिनमा पनि यस विषयमा सहयोग गर्ने धारणा राखेका हुन् । 

    images

    उनले पछिल्लो समयमा अफगास्तिानमा कोभिड महामारीका संक्रमितहरु बढ्दै गएको भन्दै महामारीसँग लड्ने औषधि स्वास्थ्य औजारहरुका साथै खोप आदि उपलब्ध गराएर चीनले अफगानिस्तानलाई सहयोग गर्ने विदेशमन्त्री वाङले जानकारी दिएका हुन् । 

    विदेशमन्त्री वाङले अफगानिस्तानका विदेशमन्त्री मोहमद हानिफ आतमारसँग बिहीबार भएको द्धिपक्षीय भेटवार्ताका क्रममा सो सहयोगको आश्वासन दिएका हुन् । उनले सो भेटका अवसरमा चीन र अफगानिस्तान पहाड तथा नदीले छुट्याएका दुई छिमेकी देशहरु हुन् भनेका छन् ।

    अफगानिस्तानसँग चीनको विगत धेरै लामो समयदेखिको मित्रता रही आएको पनि सो अवसरमा उनले बताएका थिए ।  

    उनले त्यस अवसरमा हाल अफगानिस्तानमा रहेका चीनका नागरिक र चिनियाँ विभिन्न संघ संस्था आदिको सुरक्षाका लागि पनि आग्रह गरेका थिए । अफगानिस्तानमा हाल तालिबानी लडाकूहरुले दिन प्रतिदिन हिंसात्मक हमलाका घटना बढाएका छन् । जसका कारण यहाँ दैनिकजसो नागरिकको ज्यान जान थालेको पनि पाइएको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology