Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

जुम्लाका ६ हजार ६६५ घरधुरीमा विद्युत् पहुँच

जुम्लाका ६ हजार ६६५ घरधुरीमा विद्युत् पहुँच

  • 134
    SHARES
  • जुम्लाका ६ हजार ६६५ घरधुरीमा विद्युत् पहुँच

    जुम्ला । जुम्लाका आठ वटा स्थानीय तहका करिब छ हजार छ सय ६५ घरधुरीमा विद्युत्को पहुँच पुगेको छ ।

    यहाँको पातारासी गाउँपालिकाबाहेक यहाँका अन्य पालिकाका ६ हजार ६६५ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युतीकरण पुगेको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख रामआशिष शाहले जानकारी दिए ।

    जिल्लाको तिला गाउँपालिका-८ र ९ मा केन्द्रीय लाइनको विद्युत् विस्तार हुने सकेकोे छैन । बाँकी सबै वडाका घरधुरीमा विद्युत्को पहुँच पुगेको छ ।

    त्यस्तै सिञ्जा गाउँपालिका-३ मा रहेको नराकोट बजारमा विद्युत्को लाइन पुगेको छ भने बाँकी वडामा पुग्न सकेको छैन । हिमा गाउँपालिका-२ र ६ बाहेक अरु सबै वडाका घरधुरीमा विद्युत् लाइन पुगेको प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख शाहले बताए ।

    यहाँको कनकासुन्दरी गाउँपालिकाको-३, ५, ६ र ८ वडामा विद्युत्को लाइन पुगिसकेको छ । तातोपानी गाउँपालिका-४ बाहेक बाँकी अरु सबै वडामा तातोपानीमा राष्ट्रिय प्रसारण लाइनको पुगेको छ । गुठीचौर गाउँपालिकाभित्र छ वटै वडामा विद्युतीकरणको काम तीव्र गतिमा भइरहेको छ ।

    जिल्लामा कूल जनसङ्ख्याको अहिलेसम्म ५४ दशमलव ६७ प्रतिशत नागरिक केन्द्रीय विद्युत् सेवाको पहुँचमा पुगेको प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ ।

    यहाँका ग्रामीण क्षेत्रसम्म विद्युतीकरण गर्न प्राधिकरण लागिपरेको छ । यो वर्ष केन्द्रीय कार्यालयबाट नयाँ विद्युत् विस्तारका कार्यक्रम आएपछि काम अगाडि बढ्ने जुम्ला वितरण केन्द्रले जनाएको छ ।

    पातारासी गाउँपालिकाको-१ गडीगाउँमा रहेको चुकेनी जलविद्युत् आयोजनाको नौ सय ९८ किलोवाट विद्युत् लाइनमार्फत जिल्लाभर अहिले विद्युत् सेवा सञ्चालन भएको प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # जुम्ला

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij