Logo

२०७८, श्रावण ११ गते सोमवार

२०७८, श्रावण ११ गते सोमवार

सम्बन्धविच्छेद पछि पनि सँगै रमाउँदै आमिर-किरण

सम्बन्धविच्छेद पछि पनि सँगै रमाउँदै आमिर-किरण

  • 118
    SHARES
  • सम्बन्धविच्छेद पछि पनि सँगै रमाउँदै आमिर-किरण

    मुम्बई । जुलाई ३ मा १५ वर्षदेखिको वैवाहिक सम्बन्ध अन्त्य गरेको घोषणा गरेका बलिउड स्टार आमिर खान र पत्नी किरण राव पुनः एकपटक सँगै देखिएका छन् । फिल्म लालसिंह चड्ढाको छायांकनका आमिरसँगै किरण पनि लद्दाख पुगेकी छन् । दुवै जना त्यहाँ खुलेर रमाइलो गरेको एक भिडियोमा देखिन्छ ।

    लद्दाखको परम्परागत पहिरन लगाएर आमिर-किरणसँगै नाचेको उक्त भिडियो अहिले सोसल मिडियामा भाइरल भएको छ । 

    भिडियोमा लद्दाख निवासी स्थानीयहरुले आमिरलाई त्यहाँको परम्परागत नाचको स्टेप सिकाइरहेको र उनीहरुले त्यसैको नक्कल गरिरहेको देखिन्छ । सम्बन्धविच्छेदको घोषणा गरेपछि आमिर र किरणले एक भिडियोमार्फत सम्बन्ध परिवर्तन भए पनि दुवै एक अर्कालाई सधैं साथ दिने बताएका थिए । 

    लाल सिंह चड्ढामा आमिर खान र नागा चैतन्यबाहेक करिना कपुर पनि छन् । यो फिल्म हलिउडको फरेस्ट गम्पमा आधारित छ । यो वर्ष क्रिसमससम्म फिल्म रिलिज गर्ने योजना निर्माण समूहको छ । सन् २०२० मा नै निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि कोरोनाका कारण फिल्मको काम रोकिएको थियो । 

    डिभोर्सपछि आमिर-किरण भन्छन्- सम्बन्ध फेरियो तर हाम्राे परिवार एउटै डिभोर्सपछि आमिर-किरण भन्छन्- सम्बन्ध फेरियो तर हाम्राे परिवार एउटै आमिर खान र किरण रावको सम्बन्धविच्छेद  आमिर खान र किरण रावको सम्बन्धविच्छेद 

     

     

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology