Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

जसपा नेपालद्वारा कोसी नामकरणविरुद्ध आन्दोलन परिचालन समिति गठन 

जसपा नेपालद्वारा कोसी नामकरणविरुद्ध आन्दोलन परिचालन समिति गठन 

  • 63
    SHARES
  • जसपा नेपालद्वारा कोसी नामकरणविरुद्ध आन्दोलन परिचालन समिति गठन 

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोसी नामकरणको विरोधमा आन्दोलन परिचालन समिति गठन गरेको छ ।

    हालै सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकबाट कोसी प्रदेश नामकरणको विरुद्धमा भइरहेको राष्ट्रिय पहिचानको आन्दोलनलाई समन्वय गरी आन्दोलनलाई अगाडि बढाउन पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङको संयोजकत्वमा ९ सदस्यीय आन्दोलन परिचालन तथा समन्वय समिति गठन गरिएको हो ।

    समितिको सदस्यहरुमा पार्टीका केन्द्रीय सदस्यहरु राजकुमार राई, जयराम यादव, डा के के राई, लाक्पा शेर्पा, मच्छिन्द्र बेघा, शशी लिङदेन, कुन्ता राई र पार्टीका कोसी प्रदेश समिति अध्यक्ष दीपक याक्खा रहेका छन ।

    केन्द्रीय समितिको बैठकले पहिचानको आधारमा प्रदेशको नामकरणका लागि आन्दोलनको विकल्प नभएको निष्कर्ष निकाल्दै सघर्ष समिति गठन गरेको हो । 

     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij