Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

पहिचान भएका विषयहरुलाई निष्कर्षमा पुर्‍याउन ढिँलाई गर्नु हुँदैन : गृहमन्त्री लेखक

पहिचान भएका विषयहरुलाई निष्कर्षमा पुर्‍याउन ढिँलाई गर्नु हुँदैन : गृहमन्त्री लेखक

  • 150
    SHARES
  • पहिचान भएका विषयहरुलाई निष्कर्षमा पुर्‍याउन ढिँलाई गर्नु हुँदैन : गृहमन्त्री लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण ऐन २०५९ लाई समितिबाट छिट्टै पारित गर्न आग्रह गरेका छन् ।

    बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐनमाथिको छलफलमा सांसदले राखेका जिज्ञासाहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले ऐनलाई संशोधन गर्न पहिचान भएका विषयहरुलाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताएका हुन ।

    गृहमन्त्री लेखकले भने, ‘भ्रष्टाचार नियन्त्रणसँग जुन ऐन छ यसको अत्यन्त ज्याँदा महत्व छ, यो  गम्भिर विषय पनि हो, संवेदनशिल विषय भएकाले भ्रष्टाचार निवारण ऐन २०५९ लाई समितिबाट र  सभाबाट चाँडो भन्दा चाँडो पारित गर्न सकियोस् भन्ने म आग्रह गर्न चाहन्छु । ’
    पहिचान भएका विषयमा धेरै छलफल भैइसकेको जनाउँदै निष्कर्षमा पुर्‍याउन ढिँलाई गर्न नहुने जानकारी दिए ।

    ‘यो प्रस्ताविक विधेयकमा सदन र सभामा विस्तृत रुपमा माननीय सदस्यहरुको समेत संशोधन समेत आएर समितिमा पुगेको छ । छलफलका विषयहरु पहिचान भइसकेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्र विस्तार गर्ने कि नगर्ने भन्ने एउटा विषय पहिचान भएको छ । उजुरिकर्ताको पहिचान हुुनुपर्ने कि नपर्ने ?, हदम्यादको सवाल बडो गम्भिरताका साथ उठेको छ । स्वार्थ बाझिने भन्ने विषय के हो भन्ने बारेमा पनि उठेको छ । कुनै निर्णय गरेर अख्तियारको दुरुपयोग हुन्छ भने कामै नगरि बस्दाखेरि त्यसले राज्यलाई नोक्सान भयो भने निर्णय नगर्ने पदाधिकारीमाथि कारबाही गर्ने कि नगर्ने ?’ गृहमन्त्री लेखकले भने ।

     

     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij