Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

जनकपुर पुगेर गृहमन्त्रीले भने– प्रदेश प्रहरी गठनका लागि कानुन बन्दै छ

जनकपुर पुगेर गृहमन्त्रीले भने– प्रदेश प्रहरी गठनका लागि कानुन बन्दै छ

  • 171
    SHARES
  • जनकपुर पुगेर गृहमन्त्रीले भने– प्रदेश प्रहरी गठनका लागि कानुन बन्दै छ

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी समायोजन सहितका समस्या समाधानका लागि संघीय प्रहरी कानुन संशाेधन गरी नयाँ कानुन नै बनाउन लागिएको बताएका छन् । 

    सिरहा र धनुषामा आयोजना हुन लागेको विभिन्न कार्यक्रमहरूमा सहभागिताका लागि बिहीबार जनकपुर पुगेका गृहमन्त्री लेखकले जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नयाँ प्रहरी कानुन बनाउन मन्त्रालयबाट निर्णय भएर अर्थ मन्त्रालयमा पठाइसकिएको र विभिन्न मन्त्रालयको सहमतिपछि संसदमा पेस हुने बताए । 

    प्रहरी सम्बन्धी संघीय ऐनमा संशोधन गरेर प्रहरीको समायोजन र प्रदेश प्रहरी गठनका कामहरू धमाधम हुने उनको भनाइ थियो । वर्तमान सरकार जनतालाई छिटोछरितो सेवा दिनकै लागि बनेकाले त्यसमा कुनै सम्झौता नहुने स्पष्ट पारे । उनले मुलुकमा शान्ति, सुव्यवस्था र विधिको शासन बलियो गरी कायम हुने दाबी गरे । 

    उनले राजनीतिक स्थिरता र आर्थिक अवस्था बलियो बनाउन वर्तमान सरकार लागि परेको बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij