Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

पहिराेले जोखिमपूर्ण बन्दै भीमदत्त राजमार्ग

पहिराेले जोखिमपूर्ण बन्दै भीमदत्त राजमार्ग

  • 456
    SHARES
  • पहिराेले जोखिमपूर्ण बन्दै भीमदत्त राजमार्ग

    अमरगढी । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको प्रमुख मार्ग भीमदत्त राजमार्ग जोखिमपूर्ण बन्दै गएको छ । राजमार्गका मोड सुधार योजनाले सडकमा पहिरो र हिलाम्य भएकाले पहाडी जिल्लाको प्रमुख भीमदत्त राजमार्ग जोखिम पूर्ण बन्दै गएको हो ।
     
    ठेकेदारले असारको मुखमा मात्र काम गर्ने प्रवृत्तिले सडकका बीच-बीचमा ठूला-ठूला धान रोप्नेजस्ता हिलाम्य खाल्डाका कारण सडक जीर्ण हुँदा यातायात सञ्चालनमा जोखिम बढेको चालक इन्द्र ऐरीले बताए । राजमार्गका हगुल्टे, साहुखर्क र भत्काँडा क्षेत्रमा सडकका बीचबीचमा हिलाम्य हुँदा उक्त क्षेत्रमा यातायात सञ्चालनमा जोखिम बढेको छ ।

    images

    सडक डिभिजन कार्यालय कुलपाते डोटीका डिभिजन प्रमुख सुदर्शन कार्कीले बन्दाबन्दीले तोकिएको समयमा काम गर्ने समस्या भएकाले तीव्र गतिमा काम नभएको बताए । आगामी आवको असोजसम्म सडक मोड सुधार कार्यक्रम सम्पन्न गरिने उनले जानकारी दिए ।

    पटक-पटकको वर्षाले सडकमा माटो पानी मिसिएकाले कालोपत्र उप्किएर राजमार्गका बीच-बीचमा खाल्डाखुल्डी परेका छन् । साँघुरोलगायत कारण वर्षाले माथिबाट माटो झर्दा हिलाम्य हुँदै बीच सडकमा खाल्डाखुल्डी हुँदा दुर्घटनाको जोखिम बढेको चालक बताउँछन् ।

    साविकको सुदूरपश्चिमका पहाडी जिल्लालाई तराईका जिल्लासँग जोड्ने एक मात्र यस राजमार्गमा सवारी साधनको अत्यधिक चाप हुने गरेको छ । 

    अत्यधिक वर्षाले सडककोे ४० प्रतिशत काम बाँकी रहेको सडक डिभिजन कार्यालय कुलपातेले जनाएको छ । अहिले सडकको अवस्था जीर्ण हुँदा तथा वर्षायाममा एक महिना राजमार्ग हिलाम्य हुने र सडक चिप्लो हुँदा दुर्घटनाको जोखिम रहेको चालकको भनाइ छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology