Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

कोरोना संक्रमणको तेस्रो लहरको सुरुवाती लक्षण देखिन थालेको हो ? 

कोरोना संक्रमणको तेस्रो लहरको सुरुवाती लक्षण देखिन थालेको हो ? 

  • 772
    SHARES
  • कोरोना संक्रमणको तेस्रो लहरको सुरुवाती लक्षण देखिन थालेको हो ? 

    नयाँ दिल्ली । कोरोनाबाट सर्वाधिक प्रभावित बनेका अमेरिका र भारतलगायतका देशमा दैनिक संक्रमित हुने कोरोना संक्रमितको संख्यामा केही दिनयता वृद्धि भइरहेको छ ।

    images

    भारतमा पछिल्लो केही समय कोरोना केसमा कमी आएको देखिएको थियो । तर पुनः दैनिक संक्रमितको संख्यामा वृद्धि भएर ४० हजारसम्म पुगेको छ ।

    त्यसैगरी अमेरिकामा कोभिड–संक्रमितहरुको संख्या दोब्बर भएको छ । त्यसैगरि संयुक्त राज्य अमेरिकामा पछिल्लो केही हप्तायता कोरोना संक्रमितको संख्यामा वृद्दि भइरहेको छ । अमेरिकामा पछिल्लो तीन सातायता कोभिड–१९ संक्रमितको संख्या दोब्बर भएको छ । 

    अमेरिकामा बढ्दो संक्रमणलाई देखेर त्यहाँका स्वास्थ्यकर्मीले जनस्वास्थ्यका मापदण्ड कडाईकासाथ लागू गर्नुपर्ने बताएका छन् । जनस्वास्थ्यका मापदण्ड पालना नगरे भविष्यमा जोखिमपूर्ण अवस्था आउन सक्ने स्वास्थ्यविज्ञले चेतावनी दिएका छन् । 

    अमेरिकामा लगभग ५५.६ प्रतिशत जनसंख्याले कोरोनाविरुद्धको खोप लगाएका छन् । तर अचानक कोरोना संक्रमितमा वृद्दि हुन थालेपछि यसलाई चिन्ताको विषयका रुपमा हेरिन थालिएको छ । अमेरिकामा थपिएका संक्रमित खोप लगाएका हुन वा नलगाएका हुन भन्ने रिपोर्टमा खुलाइएको छैन् ।  

    संक्रमित बढेपछि अस्ट्रेलियाको दोस्रो ठूलो सहर मेलबर्नमा लकडाउन गरिएको छ । रोयटर्सको रिपोर्टकाअनुसार अस्ट्रेलियाको मेलबर्न सहरमा शुक्रबार रातीबाट लकडाउन जारी गरिनेछ । मेलबर्न शहरमा मानिसहरुको बाक्लो बसोबास रहेको छ । मेलबर्नमा कोरोना भाइरस संक्रमितमा वृद्धि हुन थालेपछि लकडाउन गर्ने निर्णय गरिएको हो । तर मेलबर्नमा कति समयसम्म लकडाउन गर्ने भन्ने बारेमा अहिलेसम्म निर्णय भइसकेको छैन । 

    भिक्टोरियास्थित न्यू साउथ वेल्स राज्यमा केही संक्रमित मजदुर काम गर्न आउने गरेको र जसकारण संक्रमितको संख्यामा वृद्दि भएको रोयटर्स रिपोर्टमा उल्लेख गरिएको छ । रिपोर्टकाअनुसार मेलबर्नमा डेल्टा भेरियन्टको प्रकोप देखिएको छ । डेल्टा भेरियन्ट भिक्टोरियाकासाथ–साथै न्यू साउथ वेल्समा पनि तीव्र रुपमा फैलिरहेको छ । 

    विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधनोमले पनि विश्वमा कोरोना भाइरस संक्रमणको तेस्रो चरण सुरुवात हुन थालेको चेतावनी दिएका छन् । टेड्रोसले भनेका छन्, ‘दुर्भाग्यवश हामी कोरोनाको तेस्रो लहरमा प्रवेश गरिसकेका छौं । डेल्टा भेरियन्ट विश्वका १११ भन्दाबढि देशहरुमा फैलिएको छ ।’ 

    नेपालकाे छिमेकी मुलुक भारतमा पछिल्लो तीन दिनयता लगातार कोरोनाका नयाँ केसहरु बढेका छन् । विश्वभर पुनः कोरोना संक्रमण तीव्रगतिमा फैलिनसक्ने चिन्ता व्यक्त गर्न थालिएको छ । 

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology