वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको स्टार्टअप विभागले ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा भोलि दिउँसो १ बजे हुने कार्यक्रम मार्फत विभागले अभियान घोषणा गर्न लागेको हो ।
स्वदेशी उत्पादन प्रवर्द्धनमा सहयोग र त्यसका लागि आवश्यक नीति र कानून तर्जुमामा दबाब दिने उद्देश्यका साथ अभियान घोषणा गर्न लागिएको रास्वपाले जनाएको छ ।
साँझ ५ बजेसम्म चल्ने अभियान शुभारम्भ कार्यक्रममा करिब ३० थरी नेपाली उत्पादन प्रदर्शन, भ्रष्टाचारविरुद्धको अभियानमा ऐक्यवद्धताका लागि हस्ताक्षर संकलन र विभिन्न ५ वटा विषयमा ‘नीति मन्थन’ गरिने छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij