वेबटिभी खबर
काठमाडौं । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन ३ गते आइतबार प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक डाकेकी छिन् ।
नेपालको संविधानको धारा १५७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को आज बसेको बैठकले आइतबार संसदको बैठक डाक्न सिफारिस गरेको थियो ।
दोस्रो चोटी संसद पुनर्स्थापना भएपछिको यो पहिलो बैठक बस्न लागेको हो । आइतबार अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij