मुकेश झा
सर्लाही । सर्लाहीको कविलासी नगरपालिका-४, हेमपुरका पूर्व वडाध्यक्ष ४३ वर्षीय अरविन्द कुमार यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु गएको छ ।
गएराति बरहथवा नगरपालिका-१०, किसनपुर चोकमा भएको दुर्घटनामा निधन भएको हो । राति साँढे ९ बजेतिर टिकुलियाबाट बरहथवातर्फ गइरहेको प्रदेश २-०३-०२० प ३२४५ नम्वरको मोटरसाइकल पल्टिएर दुर्घटना हुँदा यादवको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
यादवलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय बरहथवाले जानकारी दिएको छ ।
मृतक यादवको शव पोष्टमार्टमका लागि राति नै प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको छ । सर्लाही प्रहरीका प्रमुख एसपी रविन्द्रबहादुर सिंहले दुर्घटनाका सम्वन्धमा अनुसन्धान भइरहेको बताए । उनी आफैँ दुर्घटनापछि घटनास्थलमा पुगेका थिए ।
नेकपा एमाले जिल्ला कमिटीका सदस्य समेत रहेका यादव २०७९ को निर्वाचनमा पनि एमालेबाट वडाध्यक्षको प्रत्यासी थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij