Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै

  • 95
    SHARES
  • नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आइतबारबाट सुरू हुँदैछ ।

    मंगलबारसम्म चल्ने बैठक आज बिहान ११ बजेबाट काठमाडौंको थापागाउँस्थित अर्पण बैंक्वेटमा सुरू हुनेछ । बैठकमा तीन वटा कार्यसूची तय गरिएको महासचिव घनश्याम भूसालले जानकारी दिए ।

    उनकाअनुसार आजको बैठकमा नवनियुक्त केन्द्रीय सदस्यहरूलाई पथ तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यसूची रहेको छ । एकीकृत समाजवादीको ३४४ सदस्यीय केन्द्रीय कमिटीछ ।

    त्यस्तै केन्द्रीय संरचनाहरूको निर्माण गर्ने कार्यसूची रहेको भूसालले जानकारी दिए। गत असार १६ देखि २० गतेसम्म चलेको १०औँ महाधिवेशनले पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव भूसालमात्रै निर्वाचित गरेको थियो ।

    बाँकी पदाधिकारी, केन्द्रीय निकायहरू गठन गर्न बाँकी रहेको र आजबाट सुरू हुने बैठकमा त्यसबारे छलफल हुने एकीकृत समाजवादीले जानकारी दिएको छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा एस

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij