Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

रूपा सुनार प्रकरणः पूर्वमन्त्री श्रेष्ठविरुद्ध अनुसन्धान अघि बढाउन सर्वोच्चको अन्तरिम आदेश 

रूपा सुनार प्रकरणः पूर्वमन्त्री श्रेष्ठविरुद्ध अनुसन्धान अघि बढाउन सर्वोच्चको अन्तरिम आदेश 

  • 660
    SHARES
  • रूपा सुनार प्रकरणः  पूर्वमन्त्री श्रेष्ठविरुद्ध अनुसन्धान अघि बढाउन सर्वोच्चको अन्तरिम आदेश 

    काठमाडौं । सर्वोच्च अदालतले जातीय विभेदलाई प्रश्रय दिएको आरोप लागेका पूर्वशिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध अनुसन्धान अघि बढाउन अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीशहरू प्रकाश सिंह राउत र नहकुल सुवेदीको इजलासले रूपा सुनारले दिएको रिट निवेदनको सुनुवाई गर्दै श्रेष्ठविरुद्ध निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न गराउन भनी आदेश दिएको हो ।

    images

    ‘निवेदिकाले सरस्वती श्रेष्ठविरुद्ध दायर गरेको जाहेरी दरखास्त अनुसन्धानकै क्रममा रहेको र उनी हिरासत मुक्त हुँदाको अवस्थामा मन्त्रीको सार्वजनिक पदमा बहाल रहेका विपक्षी श्रेष्ठ उपस्थित भई हिरासतबाट निजलाई मन्त्रीको सवारी साधनमा लगी गएको भन्ने मिसिलबाट देखिएको र उक्त कार्यले मुद्दाको अनुसन्धान प्रक्रिया प्रभावित तुल्याएको भनी यिनै निवेदिकाले कृष्णगोपाल श्रेष्ठ विरूद्ध दिएको जाहेरी दरखास्त रितपूर्वक दर्ता भएको नपाइएकाले दर्ता गरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्नू गराउनू,’ सर्वोच्चको आदेशमा भनिएको छ ।

    दलित भएकै कारण घरभेटी सरस्वती प्रधानले आफूलाई कोठा नदिएको भन्दै सुनारले प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यसपछि उनलाई प्रहरीले असार ६ गते पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । तर सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेको भन्दै छोड्न भनेपछि उनलाई असार ९ गते छोडिएको थियो । उनी रिहा हुने क्रममा तत्कालीन शिक्षामन्त्री श्रेष्ठ सरकारी गाडीसहित महानगरीय प्रहरी वृत्त सिंहदरबार परिसर पुगेका थिए ।

    पछि रूपाले शिक्षामन्त्री श्रेष्ठ, सरकारी वकिलको कार्यालय काठमाडौं र महानगरीय प्रहरी वृत सिंहदरबारलाई विपक्षी बनाएर असार २० गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology