Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

उड्डयान क्षेत्र विश्वासिलो बनाउन नसक्दा पर्यटक क्षेत्रबाट फाइदा लिन चुनौती देखिएको छ : मन्त्री पाण्डे

उड्डयान क्षेत्र विश्वासिलो बनाउन नसक्दा पर्यटक क्षेत्रबाट फाइदा लिन चुनौती देखिएको छ : मन्त्री पाण्डे

  • 138
    SHARES
  • उड्डयान क्षेत्र विश्वासिलो बनाउन नसक्दा पर्यटक क्षेत्रबाट फाइदा लिन चुनौती देखिएको छ : मन्त्री पाण्डे

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले नेपाल एरलाइन्सको अवस्था सबै हिसाबले अत्यन्तै कमजोर भएको बताएका छन् ।

    सोमबार पर्यटन व्यवसायी रामप्रसाद सापकोटाद्वारा लिखित संस्मरणात्मक कृति ‘आधा शताब्दी’ लोकार्पण समारोहमा उनले नेपालको हवाइ सेवा राम्रो छ भन्ने विश्वास दिलाउने हो भने मात्र पर्यटकहरु आउने भन्दै उड्डयानको क्षेत्रलाई बलियो बनाउन नसक्दा पर्यटक क्षेत्रबाट फाइदा लिनका लागि चुनौती देखिएको बताएका हुन ।

    मन्त्री पाण्डेले भने, ‘नेपाल एरलाइन्स खस्किएको छ सबै हिसाबले । अत्यन्तै कमजोर भएको छ । नागरिक उड्डयन क्षेत्रलाई विश्वासिलो बनाउन सकेका छैनौं । जसले गर्दा कोही पनि विदेशी पर्यटक आउँदैगर्दा नेपालको उड्डयान क्षेत्रलाई हेरेर मूल्याकंन गर्ला । यस क्षेत्रमा विश्वास दिलाउने हो भने मात्र पर्यटकहरु आउँछन् । उड्डयन क्षेत्रलाई बलियो बनाउन नसक्दा पर्यटक क्षेत्रबाट फाइदा लिन समस्या देखिएको छ ।’

    उनले नेपाल विविध संस्कृतीको देश भएको भन्दै यस्ता सम्पदाहरुको उजागर, संरक्षणसाथै मार्केटिङ् पनि गर्नुपर्ने बताए । मन्त्री पाण्डेले भने, ‘हामीसँग विविध संस्कृती छ । यस्तो संस्कृति सबै देशलाई प्राप्त छैन् । सम्पदाहरुको उजागर गर्ने, संरक्षण गर्ने र संवर्द्धन गर्न र विविधता पूर्ण संस्कृतीको संरक्षणसँगै यसको मार्केटिङ् पनि गर्नुपर्छ ।’

    आगामी दिनमा कुनै स्वार्थविना पर्यटकीय क्षेत्रको उत्थानको लागि काम गर्ने विश्वास दिलाउँदैँ नेपालमा रहेको सम्भावनालाई पहिचान गर्ने दिशामा लाग्नुपर्ने मन्त्री पाण्डेको भनाई छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij