Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

डा.भट्टराई र विप्लवबीच भेटवार्ता, तीन बुँदे सहमति कार्यान्वयनमा चासो

डा.भट्टराई र विप्लवबीच भेटवार्ता, तीन बुँदे सहमति कार्यान्वयनमा चासो

  • 781
    SHARES
  • डा.भट्टराई र विप्लवबीच भेटवार्ता, तीन बुँदे सहमति कार्यान्वयनमा चासो

    काठमाडौं । नेकपा माओवादी (क्रान्तिकारी) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) र नेता धर्मेन्द्र बास्ताेलाले जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् । 

    डा.भट्टराई निवास टोखा भएकाे भेटमा विप्लव र बास्ताेलाले सशस्त्र युद्धको स्मरण गर्दै अन्तरंग कुराकानी गरेको डा.भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले वेबटिभी खबरलाई जानकारी दिए । 

    जनस्तरमा पूर्वमाओवादीहरूबीच एकता हुनुपर्ने चर्चा चलेपनि बाबुरामसँगको भेटमा पार्टी एकताको कुरा नभएको पाण्डेको भनाइ छ । पाण्डेकाअनुसार डा.भट्टराई र विप्लवबीच समसामयिक राजनीति, अबको बाटो, नवर्तमान सरकारसँग गरेका ३ बुँदे सहमति कार्यान्वयन लगायतका विषयमा छलफल भयो । पार्टी एकताबारे कुरा भएन ।  

    केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेटवार्ता गरेका उनीहरूले बिहीबार नेकपा (एमाले) का वरिष्ठ नेता माधव नेपाललाई भेटेका थिए । 

    विप्लव नेतृत्वको माओवादी हिंसात्मक राजनीतिको बाटो त्यागेर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीन बुँले सहमति गर्दै शान्तिपूर्ण राजनीतिमा आएको थियो । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij