Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन रास्वपाको निर्णय 

मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन रास्वपाको निर्णय 

  • 77
    SHARES
  • मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन रास्वपाको निर्णय 

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री डा मुकुल ढकाललाई पार्टीको साधारण सदस्यता समेत नरहनेगरी निष्काशन गरेको छ ।

    मंगलबार बिहान बसेको केन्द्रीय समिति बैठकले पार्टी अनुशासन आयोगको सिफारिसका आधारमा ढकाललाई पार्टीको साधारण सदस्य नरहनेगरि निष्काशन गरेको पार्टी सहप्रवक्ता मनिष झाले जानकारी दिए ।

    झाले भने, पार्टीका पूर्व महामन्त्री डा। मुकुल ढकाललाई पार्टीको साधारण सदस्यबाट कारबाही गर्ने कि नगर्ने भन्ने छलफलहरु भयो । पार्टीको अनुसाशान आयोगले उहाँलाई कारबाही गर्ने भनेर गरेको सिफरिसको आधारमा  समेत नरहनेगरि पार्टी नियम ५६ को उपनियम ३ बमोजिम र राजनीतिक दलसम्बन्धी ऐनका आधारमा निष्काशन गरेका छौं ।’

    पार्टी अनुशासन आयोगले ढकाललाई कारबाहीका लागि आवश्यक प्रमाणसहित साधारण सदस्यबाट पनि निकाल्नुपर्ने सिफारिस गरेको झाले बताए । पार्टीविरुद्ध लागेको भन्दै निलम्बनमा परेका महामन्त्री ढकाललाई रास्वपाले पटक–पटक स्पष्टीकरण सोधेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij