Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

समाजवादी कार्यदिशा समाजवादी रूपान्तरणको अभियानमा प्रयोग गर्नुपर्छ : अध्यक्ष नेपाल

समाजवादी कार्यदिशा समाजवादी रूपान्तरणको अभियानमा प्रयोग गर्नुपर्छ : अध्यक्ष नेपाल

  • 88
    SHARES
  • समाजवादी कार्यदिशा समाजवादी रूपान्तरणको अभियानमा प्रयोग गर्नुपर्छ : अध्यक्ष नेपाल

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजवादी क्रान्तिको कार्यभार पूरा गर्न क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तलाई समाजवादी रूपान्तरणको अभियानमा प्रयोग गर्नुपर्ने बताएका छन् ।

    यहाँ आज आयोजित कार्यक्रममा पार्टीका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै अध्यक्ष नेपालले नवनिर्वाचित पदाधिकारी, पोलिटब्युरो कमिटी तथा सिंगो केन्द्रीय कमिटीका सदस्यले दृढ र एकताबद्ध भएर महाधिवेशनले पारित गरेको क्रान्तिकारी कार्यदिशा पूरा गर्नुपर्ने बताए ।

    उनले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनले सर्वसम्मतले पारित गरेका दस्तावेजले नेपाली विशेषताको समाजवादी कार्यक्रम कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    जनताको आर्थिक तथा सामाजिक रुपान्तरण कायम गर्ने पार्टीको काँधमा ऐतिहासिक अभिभारा आएको बताउँदै अध्यक्ष नेपालले त्यसलाई पूरा गर्नु पार्टीका सबै नेता तथा कार्यकर्ता संकल्पबद्ध, योजनाबद्ध भएर जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए ।

    सो अवसरमा नवनिर्वाचित १८ पदाधिकारी साथै ८४ पोलिटब्युरो सदस्यलाई सपथ गराइएको छ । पार्टी अध्यक्ष नेपालले ती सदस्यलाई सपथ गराएका हुन् ।

    पदाधिकारी तथा पोलिटब्युरो सदस्यलाई पूर्णता दिन निर्वाचन गरिएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij