Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

बैकिङ कसुरमा २ करोड जरिवाना तोकिएका प्रतिवादी पक्राउ

बैकिङ कसुरमा २ करोड जरिवाना तोकिएका प्रतिवादी पक्राउ

  • 514
    SHARES
  • बैकिङ कसुरमा २ करोड जरिवाना तोकिएका प्रतिवादी पक्राउ

    चितवन । जिल्ला प्रहरी कार्यालयले बैंकिङ कसुरमा दुई करोड ५६ लाख जरिवाना तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका-१६ घर भइ काठमाडौं चन्द्रागिरि नगरपालिका-१५ तीनथाना बस्दै आएका गोपालप्रसाद ढुंगेल रहेका छन् ।

    images

    कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार उनलाई उच्च अदालत पाटनले २०७७ साल चैत २२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १५ दिन कैद र दुई करोड ५६ लाख जरिवाना तोकेको थियो ।

    चितवनमा बसेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले निगरानी तथा खोजतलास गर्ने क्रममा उनलाई बिहीबार रत्ननगर नगरपालिका-११ जिरौनाबाट पक्राउ गरिएको प्रनाउ थापाले जानकारी दिए ।  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology