Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

लामो समयसम्म संक्रमित हुने बिरामीमा २ सय अधिक लक्षण 

लामो समयसम्म संक्रमित हुने बिरामीमा २ सय अधिक लक्षण 

  • 613
    SHARES
  • लामो समयसम्म संक्रमित हुने बिरामीमा २ सय अधिक लक्षण 

    काठमाडौं । कोरोना भाइसबाट लामो समयसम्म पीडित रहेका बिरामीका १० शारीरिक प्रणालीमा दुई सयभन्दा बढी लक्षण देखिएको छ । बिहीबार प्रकाशित एक अन्तर्राष्ट्रिय अध्ययनअनुसार संक्रमितहरुमा थकान, शारीरिक एवं मानसिक समस्याहरु देखिनेछन् ।

    यसबाहेक दृष्टि, छाला, महिनावारीको चक्र परिवर्तन, यौन समस्या, स्मरण शक्ति कमजोर हुने र अन्य लक्षण पनि देखिन्छन् । यो अध्ययन लन्डन विश्वविद्यालयका वैज्ञानिकहरुले गरेका हुन् । 

    विज्ञान जर्नल लान्सेटमा प्रकाशित भएको अध्ययनमा लन्डन विश्वविद्यालयकी वैज्ञानिक डाक्टर एथेना एक्रामीले लामो समयसम्म कोभिड १९ बाट पीडित व्यक्तिबारे यस अध्ययनले धेरै जानकारी दिएको बताइन् ।

    कोरोनाबाट धेरै समयसम्म निको नभएका बिरामीबारे ठूलो अध्ययन भएको पहिलोपटक हो । यसमा ५६ देशका ३ हजार ७ सय ६२ जनाको १० वटा शारीरिक प्रणालीको अध्ययन गर्दा २०३ लक्षण देखिएको छ । जसमध्ये ६६ लक्षण ७ महिनासम्म रहेको पनि अध्ययनमा पाइएको छ । 

    काेराेना संक्रमण १४ महिनासम्म पनि निकाे नहुने संक्रमितहरू पनि भेटिएका छन् । तीमध्ये बेलायतको ब्रिस्टल सहरमा बस्ने ७२ वर्षका डेभिड स्मिथलाई कोरोना संक्रमण निको हुन १० महिना लागेको थियो । स्मिथ १० महिनासम्म भाइरसबाट संक्रमित रहे । यो अवधिमा उनले ४३ पटक कोरोना परीक्षण गर्दा सबै नतिजा पोजेटिभ आएका थिए । त्यस्तै जेसन ब्ल्याक नाम गरेका व्यक्ति पनि मार्च २०२० बाट (१४ महिनादेखि) जुन २०२१ संक्रमित भएका थिए । 

    १० महिनासम्म कोरोना संक्रमित, ७ पटक अस्पताल भर्ना १० महिनासम्म कोरोना संक्रमित, ७ पटक अस्पताल भर्ना

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij