Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

जुम्लामा चट्याङ लागेर १५ भेडा मरे

जुम्लामा चट्याङ लागेर १५ भेडा मरे

  • 142
    SHARES
  • जुम्लामा चट्याङ लागेर १५ भेडा मरे

    जुम्ला । यहाँको लामाचौर पाटनमा चट्याङ लागेर १५ भेडा मरेका छन् । तातोपानी गाउँपालिका-४ स्थित लामाचौर पाटनमा आज दिउँसो ३ बजेतिर चट्याङ पर्दा १५ वटा भेडा मरेका वडाध्यक्ष अमरबहादुर रोकायाले जानकारी दिए ।

    घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए । गत साउन १५ गते तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करिब एक सय भेडा मरेका थिए ।

    यसअघि जुम्लाको कनकासुन्दरी, तिला र गुठिचौरका पाटनमा पनि चट्याङ लागेर दुई सयभन्दा बढी भेडा मरेको पशुसेवा कार्यालय जुम्लाले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # जुम्ला

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij