Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

सवारी दुर्घटनामा परी काभ्रेमा दुई जनाको मृत्यु

सवारी दुर्घटनामा परी काभ्रेमा दुई जनाको मृत्यु

  • 102
    SHARES
  • सवारी दुर्घटनामा परी काभ्रेमा दुई जनाको मृत्यु

    काभ्रेपलाञ्चोक । काभ्रेमा आइतबार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा गम्भीर घाइते दुईजनाको गए राति उपचारका क्रममा मृत्यु भएको छ ।

    करेन्ट लागी घाइते मजदुर र मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते एक वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

    पनौती नगरपालिका-६ स्थित निर्माणाधीन नेपाल प्रहरी प्रतिष्ठानको भवनमा दिउँसो ढलान गर्ने क्रममा करेन्ट लागेर सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका-१ का २० वर्षीय सविन चौधरीको मत्यु भएको हो ।

    करेन्ट लागेर गम्भीर घाइते चौधरीको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै बनेपा-पनौती सडकखण्डअन्तर्गत पनौती नपा-५ ढलमलेमा आइतबार साँझ मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते पैदलत्रात्रु ६३ वर्षीय काजीबहादुर गुरुङको मृत्यु भएको हो ।

    बनेपाबाट पनौतीतर्फ जाँदै गरेको प्रदेश३-०२-०१३प ०७५१ नम्बरको मोटरसाइकलले गुरुङलाई ठक्कर दिँदा टाउको र बायाँ खुट्टामा चोट लागेपछि उहाँको उपचारका लागि काठमाडौंको नर्भिक अस्पताल लगिएकामा उपचारका क्रममा गए राति मृत्यु भएको जनाइएको छ । 
     
    उक्त दुर्घटनामा मोटरसाइकल चालक बनेपा नपा-७ का १७ वर्षीय सौरभ श्रेष्ठ र पछाडि बस्ने सोही वडाका १६ वर्षीय रियान प्रधान समान्य घाइते भएका थिए । दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij