मुम्बई । बलिउड अभिनेत्री सुरेखा सिकरीको ७५ वर्षको उमेरमा हृदयघातका कारण शुक्रबार निधन भएको छ । उनले टेलिभिजन सिरियल बालिका वधूमा दादी सा (हजुरआमा) को भूमिका निभाएकी थिइन् ।
गत वर्ष उनले ६५ वर्षभन्दा माथिको उमेरका कलाकारलाई सुटिङका लागि लगाइएको प्रतिबन्ध हटाउन माग गरेकी थिइन् ।
सुरेखालाई सन् २०१८ मा एक शोको सुटिङका क्रममा ब्रेन स्ट्रोक भएको थियो । स्ट्रोकका कारण भुईँमा लड्दा शरीरमा चोट लागेर पक्षघात भएको थियो । पुनः लकडाउनका समयमा स्ट्रोक भएपछि आइसियूमा उनको उपचार भइरहेको थियो ।
सुरेखा भारतीय थिएटर, फिल्म र टेलिभिजन उद्योगमा चिरपरिचित नाम हो । सन् १९७८ मा राजनीतिक नाटक ‘किस्सा कुर्सीका’ मा पहिलोपटक उनले अभिनय गरेकी थिइन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology