Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु हौं : गृहमन्त्री  लेखक

सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु हौं : गृहमन्त्री  लेखक

  • 147
    SHARES
  • सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु हौं : गृहमन्त्री  लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकताभनेकै नागरिकलाई सेवाप्रदानगर्नु रहेको बताएकाछन् ।

    बुधबार महेन्द्रनगर स्थित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको नवनिर्मित भवनको समुद्घाटन समारोहमा बोल्दै उनले प्रहरीको सुविधा सम्पन्न भवन निमार्णले नागरिकलाई सेवाप्रदान सहजहुने बताएका हुन ।

    गृहमन्त्री  लेखकले भने,‘अहिले प्रहरीले समिति स्रोत साधनमा काम गर्नु परेको छ । नवनिर्मित भवनले सेवा प्रवाहमा सहज हुनेछ ।’ उनले नेपाल प्रहरीलाई समयानुकुल अनुसन्धानका लागि समेत अब्बल बनाउनु पर्ने धारण व्यक्त गरे ।

    पछिल्लो समय साइवर अपराधहरु बढिरहेकाले प्रहरीले परम्परागत अपराध बाहेक साइवर अपराधमा पनि अनुसन्धान गर्नु परेको उनको भनाई थियो । त्यसैगरि कार्यक्रममा बोल्दै उनले संसदमा भएकादुई ठुलादलहरु बीत सहमति भएर नयाँ राजनितिक समीकरण बनाएको बताए।

    ‘दुई दल बिच सात वुदे सहमति भएर सरकार निमार्ण भएको छ । कांग्रेस र एमाले मिलेर अन्तरिम संविधान बनायौ शसत्र द्धन्द्धलाई शान्तीमा ल्यायौ ।’ गृहमन्त्री लेखकले भने । 
    उनले मुलुकमादुई ठुला दल मिलेर ऐतिहासिक काम गरेको स्मरणगर्दै अहिले पनि संसदका दुई ठुला दलहरु मिलेर देशको विशष्टि कार्यभार सम्हाल्न एक ठाउँमा उभिएको बताए ।

    उनले एमाले र कांग्रेसबिचभएको सातवुँदे सहमति कार्यान्वयनमा कुनै शंका नर्गन समेत आग्रह गरे ।उक्त समारोहमा नेपाल प्रहरीका महानिरिक्षक बसन्त कुँवरले सम्पूर्ण नागकिरहरुले गुणस्तरीय सेवा प्राप्त गर्न सकुन भन्ने उदेश्यले पूर्वाधार विकासमा जोड दिएको बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij