Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

सरकारको निर्देशन कर्मचारीले मान्नैपर्छ : सभापति देउवा

सरकारको निर्देशन कर्मचारीले मान्नैपर्छ : सभापति देउवा

  • 157
    SHARES
  • सरकारको निर्देशन कर्मचारीले मान्नैपर्छ : सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीको जुन पार्टीप्रति आस्था राख्ने भए पनि सरकारले दिएको निर्देशन मान्नुपर्ने बताएका छन् । 

    बुधबार काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा ‘कर्मचारी’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्मचारीले असहयोग गर्यो भने सरकारको काम पूरा नहुने भएकाले सरकारले दिएको निर्देशन मान्नुपर्ने बताएका हुन् । 

    उनले भने, ‘हिजो को कुन पार्टीमा थियो आज कुन पार्टीमा छ भन्ने कुरा होइन । कोही कांग्रेसको समर्थक होला, कोही एमालेको समर्थक होला  । जुन पार्टीप्रति आस्था राख्ने भए पनि कर्मचारीले सरकारले दिएको निर्देशन मान्नुपर्ने हुन्छ । कर्मचारीले असहयोग गर्यो भने सरकारले गर्नुपर्ने काम हुँदैन । त्यसकारण सरकारको निर्णय लागू गर्नु उनीहरूको कर्तव्य हो ।’

    उनले निर्वाचित सरकारले बनाएका नीति नियमहरू कार्यान्वयन गर्ने काम निजामती कर्मचारीहरूको रहेकोले सरकार र निजामती कर्मचारीबीच सहकार्य र समन्वयको आवश्यकता रहेको बताए । 

    उनले भने, ‘निजामती कर्मचारीलाई स्थायी सरकारका रुपमा लिइन्छ । निर्वाचित सरकार अस्थायी र निजामती कर्मचारीलाई स्थायी सरकारको रुपमा लिइएको छ । निजामती कर्मचारीहरू अवकाश नहुञ्जेल रहिरहन्छ भने निर्वाचित सरकार निश्चित समयपछि फेरिन्छ । नीति नियमहरू निर्वाचित सरकारले बनाउने हो । त्यसको कार्यान्वयन गर्ने काम निजामती कर्मचारीहरूको हो । त्यसैले यी दुई सरकारबीच सहकार्य र समन्वयको आवश्यकता छ ।’

  • सम्बन्धित विषय:

  • # कर्मचारी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij