वेबटिभी खबर
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेवार समुदायले देशको राजनीतिक परिवर्तनका लागि ऐतिहासिक भूमिका खेलेको बताएका छन् ।
ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनामा लागेको नेवारी समुदायको मौलिक र ऐतिहासिक पर्व रुद्रायणी देवीको १२ वर्षे मेला समापनका अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले देशको आर्थिक विकास, सामजिक सद्भाव, संस्कृतिको संरक्षणको क्षेत्रमा पनि नेवार समुदायले ठूलो भूमिका खेलेको बताएका हुन् ।
अध्यक्ष दाहालले भने, ‘देशको आर्थिक विकास, सामाजिक सद्भाव तथा संस्कृतिको संरक्षणको क्षेत्रमा मात्र नभएर नेवार समुदायले देशको राजनीतिक परिवर्तनका लागी पनि ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको कुरा ईतिहासमा स्वर्णिम अक्षरहरुमा लेखिसकिएको छ ।’
उनले १० वर्षको जनयुद्ध र १९ दिनको ऐतिहासिक जनआन्दोलनमा नेवार समुदायले गरेको योगदान अविस्मरणिय रहेको बताए । उनले शुसासन, सामाजिक न्याय समृद्धि हुँदै नेपाली जनताले देखेको समाजवाद निर्माणको सपना पूरा गर्न नेवार समुदायले ऐतिहासिक र निर्णायक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij