Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

दुई सय ३५ किलो गाँजासहित गाडी नियन्त्रणमा 

दुई सय ३५ किलो गाँजासहित गाडी नियन्त्रणमा 

  • 145
    SHARES
  • दुई सय ३५ किलो गाँजासहित गाडी नियन्त्रणमा 
    काठमाडौं । सुनसरी जिल्लाको भोक्राहा नरसिँह गाउँपालिका–८ स्थित हुलाकी मार्गमा बुधबार सशस्त्र प्रहरीले दुई सय ३५ केजी गाँजासहित बोलेरो गाडी नियन्त्रणमा लिएको छ ।
     
    सोही गाउँपालिकाको फुलचोकबाट दक्षिण सीमा ईलाकातर्फ जादै गरेको बा ९ च ७१६६ नम्बरको बोलेरो गाडीमा लुकाई छिपाई राखेको अबस्थामा आठ बोरा प्रतिबन्धित लागूऔषध गाँजा बोर्डर आउट पोष्ट (बिओपी) लौकही र सुरक्षा बेश भुटाहाको टोलीले बरामद गरेको हो ।
     
    सशस्त्र प्रहरीले उक्त गाडी रोक्ने क्रममा चालकले गाडी भगाउन खोज्दा नजिकैको खेतमा फसेपछि चालक भने फरार भएका थिए । बरामद गाँजा र गाडी आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । यसअघि सशस्त्र प्रहरीले हिजो पनि सोही जिल्लाको बराहक्षेत्र नगरपालिका–६ स्थित सिसौलीघाटबाट करीब दुई सय ४५ केजी गाँजा बरामद गरेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij