Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

देशलाई अप्ठ्यारो परिस्थितिबाट बाहिर निकाल्न दुई दल एक भएका हौं : मन्त्री पाण्डे

देशलाई अप्ठ्यारो परिस्थितिबाट बाहिर निकाल्न दुई दल एक भएका हौं : मन्त्री पाण्डे

  • 111
    SHARES
  • देशलाई अप्ठ्यारो परिस्थितिबाट बाहिर निकाल्न दुई दल एक भएका हौं : मन्त्री पाण्डे

    काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले ठूला दुई दल राजनीतिक स्वार्थको लागि नभएर देशलाई अप्ठ्यारो परिस्थितिबाट बाहिर निकाल्न एक भएको बताएका छन् ।

    बुधबार नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ का अवसरमा आयोजित ‘संविधान र संस्कृति’विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले,देशलाई अप्ठ्यारो परिस्थितिबाट बाहिर निकाल्न ठूला दुई दल एक भएको भन्दै यसलाई राजनीतिक स्वार्थको रुपमा नलिन आग्रह गरे ।

    मन्त्री पाण्डेले भने,‘नेकपा एमाले र कांग्रेस एक ठाउँमा आएका छन् । यो दुई वटा पार्टी एक ठाउँमा आउने कुरालाई केवल हामीले राजनीतिक अर्थमा बुझ्यौं  अथवा कांग्रेस एमाले लगायतका पार्टीलाई केवल राजनीति अर्थमा बुझे । अरु सानादलहरुलाई खुम्च्याउने,ठूला दुई दलको सिन्डिकेट कायम गर्ने फेरि राजनीतिलाई कतैतिर केन्द्रित गर्ने ढंगले मात्रै हामीले बुझ्यौं भने संस्कृतिको सम्मान गरेको भन्ने बुझिदैन् । दुई ठूला दल एक ठाउँमा आउनुको कारण देश अप्ठ्यरोमा छ । हामी आफ्ना इगोहरुलाई,प्रतिस्पर्धालाई विराम गरेर देशको परिवर्तनको लागि एक भएको हो ।’

    उनले संस्कार र संस्कृतिका विषयहरुलाई जारी संविधान र  संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भित्र प्रतिबिम्वित गरेको बताए । संविधानमा व्यवस्था गरेका कुराहरु कार्यान्वयन गराउने सन्दर्भमा बनाउनुपर्ने कानून अझै पनि बनाउन नसकेको उनको गुनासो छ । संविधानले बोकेको संस्कृतिअनुसार सुशासन र समृद्धिको बाटोमा अगाडि बढ्नु पर्ने पनि उनको भनाई छ।

    ‘संस्कार र संस्कृतिका विषयहरु हामीले जारी गरेको संविधान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा हामीले त्यहाँ भित्र प्रतिविम्वित गरेका छौं । त्यही कारणले नै हामीले समावेशितालाई उत्कृष्ट ढंगले प्रवेश गराएका छौं ।’ मन्त्री पाण्डेले भने,अहिले हामीले संविधानमा संस्कृतिको कुरा गर्दा यो संविधानलाई कार्यान्वयन गर्नुपर्ने जुन अठोट छ । हाम्रो काम काजी कम छ,गफ मात्र धेरै गछौं । हामीले कसरी हुन्छ, संविधानमा व्यवस्था गरेका कुराहरु कार्यान्वयन गराउने सन्दर्भमा बनाउनु पर्ने कानून अझै पनि बनाउन सकेका छैनौं । हामीले संविधानले बोकेको संस्कृति अनुसार सुशासन र समृद्धिको बाटोमा चल्नु पर्दछ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij