Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

दुई ठूला दलले सत्ताको लागि संविधान संशोधनको कथा बनाए : अध्यक्ष प्रचण्ड

दुई ठूला दलले सत्ताको लागि संविधान संशोधनको कथा बनाए : अध्यक्ष प्रचण्ड

  • 133
    SHARES
  • दुई ठूला दलले सत्ताको लागि संविधान संशोधनको कथा बनाए : अध्यक्ष प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई ठूला दलले सत्ता प्राप्तीको लागि संविधान संशोधनको कथा बनाएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित संविधान कार्यान्वयन ,अपेक्षा र वास्तविकता विषयक अन्तरक्रिया कार्यक्रममा उनले संविधान संशोधनको कुरालाई ख्याल गर्दा सरकारको ऐण्डा संविधान संशोधनको नभएर माओवादीको सरकारलाई हटाएर सत्ता प्राप्ती गर्ने रहेको बताएका हुन् ।

    अध्यक्ष प्रचण्डले भने,‘संविधान संशोधनको कुरालाई ख्याल गर्दा,चर्चा परिचर्चा गर्दा शान्ति सम्झौताको बारेमा पनि विचार गर्नुपर्ने हुन्छ । मेरो विमति कहाँ छ भने, अहिले दुई ठूला दलहरुले त्यसको मर्म अनुसार अगाडि बढ्नुभएको छैन । २–४ दिनसम्म उहाँहरुको एजेण्डा संविधान संशोधन थिएन् ।  उहाँहरुलाई चाहिएको सरकार थियो । माओवादीको सरकारलाई जसरी पनि हटाउनैपर्ने भयो भनेर संविधानको संशोधनको कथा बनाउनु भयो ।’

    उनले प्रधानमन्त्री भएर पनि काम गर्न के ले रोक्यो भनेर प्रश्न आउने गरेको भन्दै प्रधानमन्त्री भएर मात्र मन लागेको सबै गर्न नमिल्ने र यो भन्दा बढि गर्नुपरेको भए ,१८ महिना होइन १८ दिनमा नै सरकार छोड्नुपथ्र्यो भन्दै उत्तर दिए । राजनीतिक दलका शक्तिशालि नेताहरुले नै समानुपातिकता या संघियता मन नपारउने भन्दै कसरी कार्यान्वयन गराउने भन्ने विषय ठूलो चूनौती रहेको बताए ।

    अध्यक्ष प्रचण्डले भने,‘संविधान र संघियता जसरी पनि कार्यान्वयन गर्ने या समावेशि समानुपातिकलाई कार्यान्वयन गर्नेतिर होइन् यसलाई कसरी कमजोर पार्न सकिन्छ भन्ने योजना छ । प्रधानमन्त्री भएर पनि के ले रोक्यो भनेर प्रश्न पनि आयो , प्रधानमन्त्री भएर मात्र मन लागेको सबै गर्न मिल्ने भए धेरै गरिन्थ्यो । अलिअलि गर्दा त सुख पाइएन यो भन्दा बढि गर्नुपरेको भए ,१८ महिना होइन १८ दिनमा नै सरकार छोड्नुपथ्र्यो । राजनीतिक दलका शक्तिशालि नेताहरु नै समानुपातिकता या संघियता मन पराउनुहुन्न ।त्यसैले यसलाई कसरी कार्यान्वयन गराउने यो ठूलो चूनौती छ ।’

    उनले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफूलाई प्रशंसा गरेको कि आलोचना गरेको भन्ने कुरामा नै आफू अन्यौलमा रहेको बताए । १५ वर्ष मिश्रले देशको राजनीति प्रचण्डकै वरिपरि घुमिरहेको भन्दै संविधान नै प्रचण्डको भएको टिप्पणी गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij