Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

जसपा नेपालको अभियन्ता अभिमुखीकरण कार्यक्रम ओखलढुंगामा

जसपा नेपालको अभियन्ता अभिमुखीकरण कार्यक्रम ओखलढुंगामा

  • 99
    SHARES
  • जसपा नेपालको अभियन्ता अभिमुखीकरण कार्यक्रम ओखलढुंगामा

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालको जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियानअन्तर्गत ओखलढुंगामा अभियन्ता अभिमुखीकरण कार्यक्रम हुन लागेको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादवले बुधबार सो अभियानको उद्घाटन गर्ने छन् ।

    पालिका समितिको जिम्मेवारीमा खटिएका केन्द्रीय सदस्यहरुलाई आफ्नो जिम्मेवारी निर्वाह गर्ने सन्दर्भमा आवश्यक निर्देशन र प्रशिक्षण गर्न पार्टीले सबै प्रदेशमा अभिमुखीकरण आयोजना गरेबमोजिम ओखलढुंगामा कार्यक्रम आयोजना गर्न लागिएको हो । जसपा नेपालले सबै तहका पदाधिकारी एवं सदस्यहरुलाई सक्रियतापूर्वक पार्टी सुदृढीकरण एवम् शुद्धिकरण कार्यमा निरन्तर लाग्न निर्देशन दिएको छ ।

    यस अभियानमा असहयोग गर्ने, निष्कृय रहने, सहभागी नहुनेलाई मातहतका समितिले पार्टीको जिम्मेवारीबाट मुक्त गर्न सक्ने बताइएको छ । जसपा नेपालले केन्द्रीय सदस्यहरुलाई पालिकाको संगठन गठन, पुनर्गठनका लागि जिम्मेवारी तोकेको छ भने पदाधिकारी र कार्यकारिणी समिति सदस्यहरुलाई सो अभियानको समन्वय र अनुगमनको जिम्मेवारी दिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij