Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

अध्यागमनको ‘इमेज’ सुधार आवश्यक छ : गृहमन्त्री लेखक

अध्यागमनको ‘इमेज’ सुधार आवश्यक छ : गृहमन्त्री लेखक

  • 126
    SHARES
  • अध्यागमनको ‘इमेज’ सुधार आवश्यक छ : गृहमन्त्री लेखक

    काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालय सम्वन्धी बाहिर नकरात्मकटिकाटिप्पणीहुने गरेको भन्दै अध्यागमनको ‘इमेज’ सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

    बुधबार बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको स्थलगत निरीक्षण गर्दै गृहमन्त्री लेखकले अध्यागमनका बारेमा राम्रो बुझाई नभएको भन्दै यहाँ कुनै खालको अवाञ्छनीय गतिविधी भए कुनै हालतले स्वीकार्य हुने बताए ।

    विमानस्थलमा कार्यरत सरकारी अन्य संयन्त्रसित समन्वय गरेर काम गर्न उनले अध्यागमनका कर्मचारीहरुलाई निर्देशन समेत दिए । ‘अन्तराष्ट्रिय विमानस्थल देशको ऐना हो । आउने मान्छेले नेपाल हेर्ने यही हो र जाने मान्छेले पनि नेपालको व्यवहार देख्ने यहीँ हो ।’

    गृहमन्त्री लेखकले अध्यागमनका सोर्हादपूर्ण, सहिशुण,नरम र सेवामुखी हुन जरुरी रहेको बताए । सो क्रममाअध्यागमका कर्मचारीले अध्यागमन कार्यालयका लागि विमानस्थल भित्र ठाउँको अभाव र कार्यालयका लागि भौतिक संरचना सुधार एवं कर्मचारीहरुलाई समय क्रमअनुसार तालिम प्रशिक्षण आवश्यक रहेको बताएका थिए ।

    अध्यागमन अनुगमनमा गृहमन्त्री लेखकसंगै गृहसचिव गोकर्णमणि दुवाडी समेत विमानस्थल पुगेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij