Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

वैदेशिक रोजगारीबाट घर आएर श्रीमतीको हत्या

वैदेशिक रोजगारीबाट घर आएर श्रीमतीको हत्या

  • 795
    SHARES
  • वैदेशिक रोजगारीबाट घर आएर श्रीमतीको हत्या

    सर्लाही । सर्लाहीको हरिपुर्वामा गएराति श्रीमानले गोली हानेर श्रीमतीको हत्या गरेका छन् । 

    हरिपुर्वा नगरपालिका-५ का ३० वर्षीय धिरेन्द्र रायले श्रीमती २५ वर्षीया चित्रलेखा रायलाई गोली हान्दा घटनास्थलमै मृत्यु भएको हो ।

    धिरेन्द्रले हानेको गोली लागेर उनका बुबा ५३ वर्षीय दिनेश राय पनि घाइते भएका छन् । चित्रलेखाको टाउकोमा गोली लागेको छ भने बुबा दिनेशको दाहिने हातमा गोली लागेको छ ।

    धिरेन्द्र बुधबार राति वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । श्रीमतीलाई गाेली हानेपछि राेक्न खाेज्दा बुबालाई गोली लागेकाे थियाे । गाेली हानेपछि साथीसँग माेटरसाइकलमा धिरेन्द्र भागेकाे स्थानीयले बताएका छन् । प्रहरीले गोली हानेर भागेका धीरेन्द्रको खोजी भइरहेको जनाएको छ । 

    गोली लागेर घाइते भएका दिनेशको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनायो । मृतक चित्रलेखाको शव भने पोष्टमार्टमका लागि लैजाने तयारी प्रहरीले गरेको छ । 

    *शीर्षक सच्याइएकाे छ । 

  • सम्बन्धित विषय:

  • # हत्या

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij