Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या ३२ पुग्यो

बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या ३२ पुग्यो

  • 114
    SHARES
  • बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या ३२ पुग्यो

    काठमाडौं । अविरल वर्षापछिको बाढी पहिरोमा परी शनिबार दिउँसो २ बजेसम्म काठमाडौं उपत्यकाका ३ जिल्लामा मात्रै ३२ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।

    काठमाडौंमा ११, ललितपुरमा १६ र भक्तपुरमा ५ जनाको मृत्यु भएको मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । काठमाडौंमा १० जना घाइते हुँदा ५८९ जनाको उद्धार गरिएको छ ।

    ललितपुरमा ५ जना घाइते हुँदा ४१६ जनाको उद्धार गरिएको गृह मन्त्रालयको भनाइ छ । भक्तपुरमा २ जना घाइते हुँदा ४८ जनाको उद्धार गरिएको छ । उद्धारका लागि ४ हजार ५१० जना सुरक्षाकर्मी परिचालन गरिएको गृहमन्त्रालयले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij