Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

बाढी पहिरो पीडितका लागि एमालेले सरकारी कोषमा ५० लाख जम्मा गर्ने

बाढी पहिरो पीडितका लागि एमालेले सरकारी कोषमा ५० लाख जम्मा गर्ने

  • 111
    SHARES
  • बाढी पहिरो पीडितका लागि एमालेले सरकारी कोषमा ५० लाख जम्मा गर्ने

    काठमाडौं । नेकपा एमालेले बाढी तथा पहिरो पीडितहरुलाई राहत दिन सरकारी कोषमा ५० लाख जम्मा गर्ने भएको छ । मंगलबार बसेको पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेका पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिए ।

    महासचिव पोखरेलले भने, ‘राज्यको तर्फबाट एक अरब छुट्याउने काम गरिसकेको छ । त्यसमा पनि पार्टी कोषबाट ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ ।’ यस्तैगरी उनले विपत्तिमा परेकाहरुको राहत र उद्धारमा पार्टी पँक्तिलाई खटाईएको र त्यसलाई निरन्तरता दिने निर्णय भएको बताए ।

    प्रतिनिधिसभा सदस्यहरुबाट पनि कोषमा सहयोग गर्नका लागि आग्रह गर्ने निर्णय भएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij