Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

विभिन्न राजमार्गका १७ सडकखण्ड अझै अवरुद्ध

विभिन्न राजमार्गका १७ सडकखण्ड अझै अवरुद्ध

  • 129
    SHARES
  • विभिन्न राजमार्गका १७ सडकखण्ड अझै अवरुद्ध

    काठमाडौं । यही असोज १० देखि १२ गतेको मनसुनी विपद्का कारण अवरुद्ध भएकामध्ये विभिन्न राजमार्गका १७ सडकखण्ड अझै अवरुद्ध छन् ।

    नेपाल प्रहरीकानुसार बाढीपहिरोले अवरुद्ध पारेका धेरै सडकखण्ड सञ्चालनमा आए पनि १७ वटा अझै सञ्चालनमा आउन सकेका छनैन् । अन्य सात सडकखण्ड एकतर्फी खुलाइएका छन् ।

    गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले पनि अवरुद्ध सडक सञ्चालन र अन्य सडक दुईतर्फी नै खुलाउने गरी तदारुकताका साथ काम भइरहेको जानकारी दिए ।

    प्रहरीले आज साँझ सार्वजनिक गरेको सूचनानुसार दक्षिणकाली-सिस्नेरी, ललितपुरको लेले-टीकाभैरव, धनकुटाको राँके भेडेटार सडकखण्ड पूर्ण अवरुद्ध छ । यस्तै बागमती प्रदेशका कान्ति लोकपथ, कुलेखानी-मार्खु, भीमफेदी-कुलेखानी-फाखेल, बीपी राजमार्गका विभिन्न क्षेत्रका सडकखण्ड अवरुद्ध छन् ।

    मध्यपहाडी लोकमार्ग सुनामवेशी, अकरेभिर, बाह्रबीसे-तातोपानी, रामेछाप-सिन्धुली-खुरकोट, कालीगण्डकी करिडोर सालझण्डी-अर्घाखाँची-ढोरपाटन सडकखण्ड र पूर्वपश्चिम राजमार्गको मध्यविन्दु सडकखण्ड पनि अवरुद्ध रहेका प्रहरीले जनाएको छ ।

    अवरुद्ध रहेका दाउन्ने, पृथ्वीराजमार्गको बन्दीपुर खण्ड, तनहुँ व्यास नगरपालिका, पाँचखाल हनुमानगढी केराघारी, पृथ्वी लोकमार्गको बेनीघाट खण्ड, सुनकोसी कमेरेडाँडालगायतका खण्ड एकतर्फी सञ्चालनमा ल्याइएका छन् ।

    एकतर्फी सडकमा दुईतर्फी यातायात सञ्चालन र अवरुद्ध सडक खुलाउने काम भइरहेको छ भने दाउन्नेमा भने आज राति बाटो बन्द गरेर थप काम गरिने जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # राजमार्ग

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij