Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

एभरेष्ट महिला भलिबल लिगमा कर्णाली विजयी

एभरेष्ट महिला भलिबल लिगमा कर्णाली विजयी

  • 193
    SHARES
  • एभरेष्ट महिला भलिबल लिगमा कर्णाली विजयी

    काठमाडौं । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेष्ट महिला भलिबल लिगमा कर्णाली एसभिएस विजयी भएको छ ।

    आज भएको खेलमा उसले ललितपुर क्विन्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित निकालेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको उक्त खेलमा कर्णालीले ललितपुर क्विन्सलाईे ३-० सोझो सेटमा पराजित गरेको हो ।

    आजको खेलमा कर्णालीले ललितपुरलाई पहिलो सेटमा २५-२२ अंकले पराजित गर्यो । दोस्रो सेट पनि २५-२२ अंकले नै जित्यो । खेलको अन्तिम निर्णायक सेटमा कर्णालीले ललितपुरलाई २९-२७ अंकले हरायो ।

    कर्णालीले यसअघि मधेस युनाइटेडलाई ३-१ र गण्डकी थन्डर्सलाई ३-२ सेटले पराजित गरेको थियो । जितसँगै कर्णालीले आठ अंक जोडेको छ ।

    तीन खेल खेलेको ललितपुरको ६ अंक छ । प्रतियोगितामा ललितपुर  पहिलो पटक पराजित भएको हो । ललितपुरले यसअघि काठमाडौं स्पाइकर्स र मधेसलाई समान ३-१ सेटले हराएको थियो ।

    इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपाली भलिबल इतिहामै पहिलो पटक आयोजना भएको उक्त प्रतियोगितामा ६ फ्रेन्चाइज टोली सहभागी छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij